किन हुन्छ युरिक एसिड ? | Khabarhub Khabarhub

किन हुन्छ युरिक एसिड ?


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

युरिक एसिडको समस्या अहिले धेरै व्यक्तिकालागि टाउको दुखाईको बिषय बनेको छ । युरिक एसिडले गाँजेपछि टमाटर, कोल्डड्रिक्स, खसीको मासु लगायतका मन पर्ने खानपान त्याग्ने र कटौती गर्नुपर्दा कतिको दिनचर्या नै प्रभावित बनेको छ ।

किन हुन्छ युरिक एसिड ?
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ । जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ । उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।

कस्ता मानिसलाई हुन्छ युरिक एसिड ?
– धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्ने
– अस्वस्थ्यकर खाना खाने
– शारीरिक श्रम नगर्ने
– वंशानुगत
– मदिरा सेवन गर्ने
– रगत पातलो बनाउने औषधी सेवन गर्ने
– उच्च रक्तचापको औषधी सेवन गरिरहेका

कसरी गर्ने नियन्त्रण ?
– युरिक एसिडबाट बच्न पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने ।
– जति बढि तरल खायो युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कन्छ ।
– खानपानमा सतर्कता अपनाउने, धेरै प्रोटिनयुक्त खानेकुरा सेवन नगर्ने ।
– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुरा नखाने ।
– हरेक दिन खानामा भिटामिन सि खाने ।
– नियमित व्यायाम गर्नुपर्छ ।
– स्वथ्य खानपान र जीवनशैली अपनाउने । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ३० बजे

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा