५३ लाख ८० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ | Khabarhub Khabarhub

५३ लाख ८० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– ५३ लाख ८० हजार नगदसहित प्रहरीले पर्साको वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी २६ वर्षका शिव आनन्द गुप्ता र वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने १९ वर्षका प्रकाश जैसवाल रहेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको डीएसपी खनालले बताए ।

झोला बोकेर हिँडिरहेका जैसवाललाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनले बोकेको झोलाबाट २४ लाख नगद फेला पारेको र उनले दिएको बयानका आधारमा गुप्ताको डेरामा खानतलाशी गर्दा थप २९ लाख ८० हजार फेला परेको डीएसपी खनालले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : १२ बजे

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य