योजना आयोगका पूर्व उपाध्यक्षहरूको अपिल : अध्यादेशबाट बजेट नल्याऊ | Khabarhub Khabarhub

योजना आयोगका पूर्व उपाध्यक्षहरूको अपिल : अध्यादेशबाट बजेट नल्याऊ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय योजना आयोगका नौ जना पूर्व उपाध्यक्षहरुले अध्यादेशबाट बजेट जारी नगर्न सरकारलाई अपिल गरेका छन् ।

बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी उनीहरुले संसद् नै नहुँदा जेठ १५ मा नै बजेट ल्याउनुपर्ने बाध्यात्मक अवस्था नभएकोले अध्यादेशबाट बजेट जारी नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अप्रत्याशित ढंगले प्रतिनिधिसभा विघटन गरी अध्यादेश बाटै मुलुकको शासन सञ्चालन गर्ने डिजाइन अन्तर्गत नै अध्यादेशबाट बजेट ल्याउन खोजिँदै छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । हामीलाई विश्वास छ, सर्वोच्चले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई संविधानसम्मत तरिकाबाट शीघ्र नै निरुपण गर्नेछ ।’

विज्ञप्ति जारी गर्ने योजना आयोगका पूर्व उपाध्यक्षहरुमा डा.पृथ्वीराज लिगल, डा.जगदीशचन्द्र पोखरेल, डा. शंकर शर्मा, डा.पिताम्वर शर्मा, डा. दीनेशचन्द्र देवकोटा, दीपेन्द्र बहादुर क्षत्री, डा. गोविन्दराज पोखरेल, डा. मीनबहादुर श्रेष्ठ र डा.स्वर्णीम वाग्ले छन् ।

सरकारले आम सरोकारवालाको आग्रहलाई बेवास्ता गर्दै जबरजस्ती पूर्ण बजेट ल्याउने, त्यसमा निर्वाचनलाई प्रभावित पर्नेगरी वितरणमुखी कार्यक्रम समावेश गर्ने, अत्यधिक सार्वजनिक ऋण लिने, राजस्वका दर परिवर्तन गर्ने जस्ता काम गर्नु राजनीतिक नैतिकताको गम्भीर उल्लंघन हुने उनीहरुको ठहर छ ।

हेर्नुहोस् अपिल

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : ४४ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र