राष्ट्रपति र प्रधानमन्त्रीबाट जघन्य अपराध भयो : भीमार्जुन आचार्य | Khabarhub Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीबाट जघन्य अपराध भयो : भीमार्जुन आचार्य


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट जघन्य अपराध भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा विघटनका सन्दर्भमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको छलफलमा आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले जघन्य अपराध गरेको बताएका हुन् ।

“मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो,” उनले भने, “प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धाराअनुसार प्रधानमन्त्री हुने ? शपथको दृष्य भद्दा गरियो । विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै धारा ७६(५) मा जाने हो । राजीनामा नगरी, पदमुक्त नभइ फेरि प्रधानमन्त्रीमा दाबी गर्नु गम्भीर नियतमाथि खोट थियो ।”

पद रिक्त नै नहुँदै नयाँ प्रधानमन्त्री दाबी गर्ने अचम्मको खेल भएकोमा प्रश्न गर्दै डा.आचार्यले प्रतिपक्ष र संसद् पनि निकम्म भएको टिप्पणी गरे ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : १५ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको