स्वास्थ्यकर्मीको सम्मानमा रणजितको ‘नसोध मलाई’ | Khabarhub Khabarhub

स्वास्थ्यकर्मीको सम्मानमा रणजितको ‘नसोध मलाई’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा संगीतकार डा. रणजितकुमार झाले कोभिड–१९ बाट संक्रमित बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सम्मानमा ‘नसोध मलाई’ बोलको गीत सांगीतिक बजारमा लिएर आएका छन् ।

गीतमा गिरिराज निरौलाको शब्द तथा डा. झा र निरौलाकै संगीत छ । डा. झा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत छन् ।

गीतमा संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोदशा चित्रणसँगै स्वास्थ्यकर्मीहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर बिरामीको उपचारमा सक्रिय छन् भन्ने सन्देश दिइएको छ ।

डा.झाका अनुसार गीतकार निरौलाले गत वर्ष कोरोना संक्रमणको जोखिमकै बीच सम्पूर्ण स्वास्थ्यकर्मीहरुको बाध्यतालाई गीतमा उतारेका थिए ।

गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ । महेश खड्का र सुशिला थापाको अभिनय गरेको भिडियोमा गायक डा.झा पनि देख्न सकिन्छ । भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ ।

मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा निर्देशक कश्यपकै रंग संयोजन तथा सम्पादन छ । भिडियो डा.झाकै आधिकारिक यूट्युब च्यानल रणजीतकुमार झामार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १२ : ०५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल