२०७५ जेठ २ मा फर्किए अझै पनि एमाले एकता सम्भव छ : विष्ट | Khabarhub Khabarhub

२०७५ जेठ २ मा फर्किए अझै पनि एमाले एकता सम्भव छ : विष्ट


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता गोकर्ण विष्टले २०७५ जेठ २ मा फर्किए अझै पनि एमाले एकता जोगिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विष्टले पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गर्ने बताएका छन्।

उनले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने दाबी गरेका छन् ।

उनले आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको भन्दै जेठ २ को बटमलाइन अघि सारेका हुन्।

विष्टले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षामा हस्ताक्षर नगरे पनि बुधबार माधव नेपाल पक्षले निकालेको संयुक्त बक्तव्यमा भने हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र