ब्राउन सुगरसहित दुईजना पक्राउ | Khabarhub Khabarhub

ब्राउन सुगरसहित दुईजना पक्राउ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुको मायादेवी गाउँपालिका–३ स्थित फुलीकाबाट प्रहरीले ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका घर भएका २७ वर्षीय मदनकुमार दर्लामी र २८ वर्षीय विनोद दर्लामी मगर छन् ।

बा८० प ९६९० नम्बरको मोटरसाइकलमा बरोहियाबाट पचेहरा जाँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण बहादुर खत्रीका अनुसार उनीहरुको साथबाट ६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ११ : १० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट