कोरोना कहर : जोखिम मोल्दै काठमाडौँ छाड्ने बढे (फोटो फिचर) | Khabarhub Khabarhub

कोरोना कहर : जोखिम मोल्दै काठमाडौँ छाड्ने बढे (फोटो फिचर)

हतारको यात्रा कति सुरक्षित ?



काठमाडौँ– पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढेको छ । संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका तीन जिल्लासहित संक्रमण धेरै भएका जिल्लामा बिहीबारदेखि निषेधाज्ञा जारी हुँदैछ ।

यो निषेधाज्ञा शुरू हुनुअघि घर पुग्ने हतारोमा रहेका सर्वसाधारणको भिड नयाँ बसपार्कमा देखिएको छ । बसपार्कमा भेटिएका सर्वसाधारणले गाउँ धेरै सुरक्षित भएकाले जान लागेको बताएका छन् ।

सरकारले निषेधाज्ञा जारी गरेसँगै घर जान दुई दिन समय दिएकाले पनि घरजानेको संख्या बढेको छ ।

विद्यालय बिदा भएपछि घरमै गएर अनलाइन कक्षा लिने योजनासहित विद्यार्थीले घर जाने योजना बनाएका छन् भने कार्यालय बिदा भएका कर्मचारी पनि घर जानेको लाइनमा छन् ।

अहिले नयाँ बसपार्कबाट विभिन्न जिल्लाका लागि दैनिक ४ सय सवारी छुट्ने गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ३ : ५९ बजे

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो