नेपाल हुँदै अवैधरूपमा भारत गएका चार अफ्रिकन खेलाडी पक्राउ | Khabarhub Khabarhub

नेपाल हुँदै अवैधरूपमा भारत गएका चार अफ्रिकन खेलाडी पक्राउ


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-  नेपालबाट अवैधरूपमा भारत प्रवेश गर्न खोज्ने चार अफ्रिकन खेलाडीलाई एसएसबीले नियन्त्रणमा लिएको छ।

मेचीनगर नगरपालिका–४ बाहुण्डागीस्थित मिलन चोकको नाकाबाट प्रवेश गरेका उनीहरुलाई एसएसबी ८ बी बटालियनको टोलीले टुक्रिया बस्ती नजिकैबाट सोमबार अपराह्न साढे ३ बजेतिर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका रिपब्लिक क्यामरुनका २५ वर्षीय टीना टीना डायडर, सोही ठाउँका ३० वर्षीय अगौमे अम्बासा लिन राउल, रिपब्लिक गिनी बिसाऊका २० वर्षीय क्यामरा फोफाना उसुमाने र रिपब्लिक बेनिनका २२ वर्षीय एडजोबो ओडजुमोनला आर्मल ओडिलो रहेका भारतीय एसएसबीले जनाएको छ ।

एसएसबीले उनीहरूको साथबाट एक थान पासपोर्ट, भारतीय रुपैयाँ ४८ हजार ३ सय ३०, नेपाली ५० रुपैयाँ, फुटबल जुत्ता र ब्याग बरामद गरेको छ ।

चारै जनालाई आवश्यक कारबाहीका लागि नक्सालवारी प्रहरीको  जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ५५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर