पेस्तोल र गोलीसहित दुईजना पक्राउ | Khabarhub Khabarhub

पेस्तोल र गोलीसहित दुईजना पक्राउ


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौंको गहनापोखरीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको विशेष ब्युरोको इन्टेलीजेन्स टोलीले काभ्रेका पोटे लामा र अनन्त तामाङलाई एक थान ९ एमएमको पेस्तोल र ५ राउण्ड गोलीसहित पक्राउ गरेको हो । सशस्त्रले उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको बताए । पक्राउ परेका मध्ये पोटे लामालाई ज्यान मार्ने उद्योगमा काठमाडौँ जिल्ला अदालतले १ बर्ष कैद र १५ हजार जरिवाना तोकेको थियो । २०७४ सालमा कमलादीस्थित टाइम्स क्लबमा झगडा हुँदा एक जनाको ज्यान गएको र त्यसमा लामा पनि संलग्न रहेको भन्दै अदालतले सजाय तोकको थियो । त्यसयता उनी फरार थिए ।

उनलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरी बुझाएपछि थप अनुसन्धान गरी सजायका लागि जिल्ला अदालत बुझाउने प्रहरीले जनाएको छ । उनीहरू बुद्धचित्तको दाना लुटपाट गर्ने समूहमा रहेको दाबी गरिएको छ । उनीहरू विगतमा काभ्रेली समूहमा रही सुन लुटपाट र गुण्डागर्दीमा समेत संलग्न रहेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : ४६ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि