अष्टसहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा | Khabarhub Khabarhub

अष्टसहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बौद्ध साहित्यमा महत्वपूर्ण धार्मिक दस्तावेजका रुपमा मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा बजारमा आएको छ । बुद्ध वचन अनुवाद समिति नेपालद्वारा प्रकाशित सो कृति भोट भाषाबाट नेपालीमा अनुवाद गरिएको छ ।

यसमा वैदिक दर्शन र बौद्ध दर्शनबीचको निकट सम्बन्धलाई देखाइएको छ । साहित्यमा आत्म, अनात्मा र शून्यता विषयको दार्शनिक पक्षलाई समेटिएको छ ।

विभिन्न गुम्बाका प्रमुख लामा, धर्मगुरु, सङ्घसंथाका प्रतिनिधिलगायतको उपस्थितिमा बौद्धस्थित होटल हार्मिकामा आज आयोजित कार्यक्रममा विमोचन गरिएको कृतिमा शाक्यमुनि बुद्धले दिएको ज्ञानलाई बोध गरी दुःखबाट मुक्ति प्राप्त गर्ने उपाय कौशलका रुपमा प्रज्ञा पारमितालाई लिइएको छ ।

करीब तीन वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद शुरू गरेको उक्त दस्तावेज ४०७ पृष्ठमा छ । विभिन्न सङ्घसंस्थाको शुभकामनाका साथै धार्मिक ज्ञानसम्बन्धी ३२ विषयलाई लिपिबद्ध गरिएको छ । कृतिमा आठ हजार पङ्क्ति रहेकाले त्यसलाई संस्कृत भाषाबाट अष्टसहस्रिका प्रज्ञा पारमिता भनिएको हो ।

समितिका अध्यक्ष एवं बौद्ध विद्धान टीका शेर्पाले भोट भाषाबाट नेपाली भाषामा रूपान्तरण गर्ने कार्य चुनौतिपूर्ण रहेको भए पनि बौद्ध साहित्य तथा दर्शनलाई सरलरुपमा बुझाउन अनुवाद गरिएको बताए । समितिले २५ हजार पङ्क्तिको पञ्चबिसंती र एक लाख पङ्क्तिको सतसहस्रिका प्रज्ञा पारमितासमेत अनुवाद गरिरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १० : ३० बजे

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्