अनुहार तथा छालाको सुरक्षा गर्ने घरेलु उपाय | Khabarhub Khabarhub

अनुहार तथा छालाको सुरक्षा गर्ने घरेलु उपाय


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरमा भएको छालाले हाम्रो भित्री अंगहरुको सुरक्षा गर्दछ । तर यहि छालाको भने विशेष ख्याल पुर्याउन सकिएन भने यसमा असर पर्ने गर्दछ । गर्मीमा अत्यधिक तापमान र सूर्यको तेज किरणका कारण छाला शिथिल हुन्छ । यसबाट टेनिङ, एलर्जी, चायाँ, पोतो लगायतका समस्या देखा पर्दछ ।

छालामा देखिने यी समस्याबाट बच्न गर्मीमा दैनकि दुई पटक नुहाउनुपर्छ । यसो गर्दा पसिनाको दुर्गन्ध र त्यसबाट हुने इन्फेक्सनमा कमी आउँछ । साथै घामतर्फ र्फकदा माइल्ड फेस क्लिन्जर तथा चिसो पानीले अनुहार धुनुपर्छ ।

यदि फेसियल गर्नपरे घरभित्रै काँक्रोको रस, एलोबेराको जुस, कागती, मिल्क पाउडर, दही, बेसार, चन्दन पाउडर, गाजर, मह, पुदिना तथा तुलसीका पातको लेप बनाएर यसबाट गर्नु पर्दछ । यसले गर्मीमा छालालाई राहत प्रदान गर्छ ।

तैलीय छालाकालागि दूध, मह र कागती मिसाएर अनुहारमा लगाउनुपर्छ र १५ मिनेटसम्म त्यसै छोड्नुपर्छ । यो प्राकृतिक ब्लिच हो । यो तैलीय छालाकालागि उपयुक्त मानिन्छ ।

पिम्पल्स हटाउन काँक्राको रसमा कागती, बेसार र चन्दन पाउडर मिसाएर अनुहारमा लगाएपछि १५ मिनेटसम्म रहन दिएर धुनु पर्दछ । यसमा तुलसी वा पुदिनाको पातको पाउडर मिसाएमा लाभ बढि मिल्दछ । यो लेपले शीतलता प्रदान गर्नुका साथै मरेका कोष, संक्रमण फैलाउने कीटाणु समेत हटाएर रोमछिद्र समेत खोल्दछ ।

अनुहार चिलाउने समस्या भएमा एलोबेरा जुसमा गुलाबजल मिसाएर प्रयोग गर्नुपर्छ । यसले टोनिङ र क्लागिङलाई टाढा राख्छ । यसबाट स्किन एलर्जी, र्‍यासेस एवं चिलाउने समस्या पनि हट्छ ।

घाममा बाहिर निस्कनु परे १५ मिनेट सनब्लक लोसन लगाउनुपर्छ । केलामाइन लोसन, टाइनेनियम डाइ अक्साइड तथा जिन्क अक्साइड लोसनले पनि छालाको सुरक्षा गर्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  २ : १७ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको