‘फिल्म निर्माण र रिलिजमा हतारो नगरौं’ | Khabarhub Khabarhub

‘फिल्म निर्माण र रिलिजमा हतारो नगरौं’


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–अभिनेता धिरेन शाक्यले कोभिड–१९ को मारमा परेको फिल्म क्षेत्रमा नयाँ निर्माण घोषणा र प्रदर्शन मिति तोक्ने काममा हतारो नगर्न फिल्मकर्मीलाई आग्रह गरेका छन् ।

चलचित्र पत्रकार संघ, दाङले आयोजना गरेको अन्तरक्रियामा उनले कोभिड–१९ ले थिलोथिलो परेको फिल्म क्षेत्र चलायमान कहिलेबाट हुन्छ भन्ने अवस्था नरहेकोले फिल्म निर्माण घोषणा र प्रदर्शन गर्न हतार नगर्न आग्रह गरे ।

‘कोभिड–१९ को यो समयलाई फिल्मकर्मीहरुले आफूलाई माझ्ने अर्थात् थप सिक्ने समयको रुपमा लिनुपर्छ’, उनले भने, ‘लकडाउनको समयमा दर्शकले घरमा बसेर विभिन्न भाषाका राम्रा भन्दा राम्रो फिल्म हेरेकाले हामीले फिल्मको कथादेखि लिएर कलाकार अभिनयसम्ममा ध्यान दिनैपर्छ ।’

दाङ भौगोलिक हिसाबले केन्द्रिय राजधानीबाट टाढा भए पनि जिल्लामा फिल्म छायांकन गर्न सकिने धेरै ठाउँहरु रहेकोले सम्बन्धित निकायबाट ती स्थानको प्रवद्र्धन गर्नुपर्नेमा धिरेनले जोड दिए ।

फिल्म ‘मन्जिल’को सुटिङ गर्न दाङ आएका अभिनेता शाक्यले आफ्नो फिल्मको छायांकन वैशाखबाट सुरु गर्ने योजना भए पनि कोभिड त्रासले सर्न सक्ने बताए ।

चलचित्र पत्रकार संघ नेपाल,दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघ संस्थापक उपाध्यक्ष चेतन रेग्मीले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव पुर्ण के.सी.मुस्कानले गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  २ : ३५ बजे

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन