वसन्त उत्सव र फागु परम्परा | Khabarhub Khabarhub

वसन्त उत्सव र फागु परम्परा



यस वर्षको साताव्यापी फागु पर्व राजधानी काठमाडौँ लगायत पहाडी क्षेत्रमा यही चैत ८ गते शुरू भई १५ गते र तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट अर्थात् १६ गते उत्कर्षमा पुगी समापन हुँदैछ ।

धर्म, संस्कृतिको अक्षुण्णता कायम राख्ने नेपालीहरूका घरआँगनमा वसन्तको महोत्सव होली पर्व हर्ष र विजयोत्सवका रूपमा सदाझैँ यस वर्ष पनि आइपुगेको छ ।

नयाँ ऊर्जा, नयाँ उत्सव, नवीनतम जोस र जाँगर लिएर नेपालको भावी चित्र खिच्ने अभिलाषामा नव वसन्तको खोजी गरिरहेका आम नेपालीहरू आपसमा कटुता बिर्सेर धार्मिक, साँस्कृतिक सद्भाव र मौलिक चिनारी प्रस्तुत गर्न उद्यत् हुन्छन् ।

तराई, उपत्यका र पहाड सबैतिर एक हप्तासम्म होली महोत्सव मनाउने चलन छ । चीरदाहको नामले पनि परिचित फागु असत्यमाथि सत्यको विजयोत्सवका रूपमा लिइन्छ ।

राजधानी काठमाडौँको वसन्तपुरमा एकहप्ता अगाडि नै पच्चीस फिट अग्लो काठको लिङ्गो ठड्याई विभिन्न रङ्गका कपडाले बेरेर बडो उल्लासका साथ फागु आगमनको संकेत दिने चलन छ । यो लिङ्गोलाई वृन्दावनको आनन्द कदमको रूखको प्रतीक मान्ने चलन छ । लिङ्गोको टुप्पोमा छत्राकार दिइएको चीर ठड्याउने कार्यलाई फागु पूर्णिमाको अघिल्लो राति राखेर जलाइन्छ ।

चीर दहन गरिने भएकाले चीरदाहको नामले फागु पूर्णिमाका दिन खुशीयालीका रूपमा जात्रा मनाइन्छ ।

आफन्तहरूसँग भेटघाट गरी खुशी साटासाट गर्ने, उपहार दिने र मीठा खानेकुरा खाने पर्व पनि हो होली । नयाँ अन्न स्वास्थवद्र्धक जौ, चना, गहुँको परिकार बनाउने र त्यसको आहुति दिँदै आत्मेश्वर शरीरभित्रको परमेश्वरलाई भोगप्रसाद लगाउने चाड हो होली । आहुती दिइएको तिलक टीका लगाउने चलन पनि छ ।

चीरको खरानी दल्ने, त्यसको टीका लगाउने, घर सजाउने, शरीरमा रङ्गीबिरङ्गी चित्र बनाई एक आपसमा फागु खेल्ने चलन छ । शत्रुता र वैरभाव बिर्सेर आपसी भाइचारा बढाउने र मित्रताको गाँठो बलियो पार्ने चाडको रूपमा फागु मनाइन्छ ।

तराईमा फागुको रौनक पूर्णिमाको भोलिपल्ट हुन्छ । मिथिला (जनकपुर) मा धुमधाम मनाइने यो पर्वको पहुँच तराईका प्रत्येक कुनासम्म छ । तराईका ग्रामीण परिवेशमा रहेका फोहोर र झारपात जलाएर चीरदाह उत्सव मनाइन्छ ।

वसन्तका नयाँ पालुवा झैँ जीवनमा नयाँ उत्साहको ऊर्जा थप्ने चाड फागु नेपालका कुनाकाप्चासम्म बडो उत्सुकताका साथ मनाउने गरिन्छ । अधिकारको दुरुपयोग गर्नेहरूलाई विशेष सतर्क गराउने संकेत दिने होलिका दहन उत्सवले प्राचीन इतिहासको पनि संकेत गर्छ ।

धन, पद, प्रतिष्ठा, क्रोध र लोभको प्रतीक हिरण्यकशिपुले सात्विक कार्यका प्रतीक प्रह्लादको अन्त्य गर्न भरमग्दुर प्रयत्न गरेको थियो । सत्यको विनाश हुन नसक्ने देखेपछि हिरण्यकशिपुले अग्निले दहन गर्न नसक्ने दैवीशक्ति लिएर बसेकी आफ्नै बहिनी होलिकाको काखमा राखेर भक्त प्रह्लादलाई अग्नि कुण्डमा जलाउने प्रयत्न गर्‍यो ।

अन्ततः शक्तिको दुरुपयोग भएको देखेर अग्निदेवले प्रह्लादको सट्टा होलिकालाई नै दहन गरिदिए । असत्यको प्रतीक हिरण्यकशिपुकी समर्थक बहिनी होलिका दहनको खुशीयालीमा दहनको खरानीको टीका लगाई खुशी व्यक्त गर्ने क्रममा फागु खेल्ने परम्परा विकसित हुँदै आयो ।

प्रह्लादलाई बाजागाजासहित रङ्गीन उत्सवका साथ अवीरयात्रा गरिएको संस्मरण स्वरूप फागु पूर्णिमा मनाउने चलन चलेको हो ।

सत्ययुगको उपरोक्त संस्मरणले द्वापरयुगको संकेत स्वरूप वृन्दावनमा गोपिनीहरूका साथ श्रीकृष्णले रसरङ्ग गरेको प्रसङ्ग पनि जोडिन पुग्छ । होलिको उत्सव गर्दै कल्मष हटाउने; आत्मीयता बढाउने; सुख, समृद्धि र ऐश्वर्य वृद्धि गर्ने चाडको रूपमा द्वापरयुगदेखि मान्दै आएको पर्व कलियुगको आजसम्म उत्तिकै उल्लासले चलेको छ ।

आफन्तहरूसँग भेटघाट गरी खुशी साटासाट गर्ने, उपहार दिने र मीठा खानेकुरा खाने पर्व पनि हो होली । नयाँ अन्न स्वास्थवद्र्धक जौ, चना, गहुँको परिकार बनाउने र त्यसको आहुति दिँदै आत्मेश्वर शरीरभित्रको परमेश्वरलाई भोगप्रसाद लगाउने चाड हो होली । आहुती दिइएको तिलक टीका लगाउने चलन पनि छ ।

फागुका अनेक गीत गाउँदै, नृत्य गर्दै र खासगरी व्यङ्ग्य गीत गाउँदै बडो हर्षोल्लासका साथ मनाइने पर्व फागु विजय उत्सवको नमूना हो । काठमाडौँमा चक्रद्य मूर्ति दीपाङ्करको आकारमा बनाई खुशीयाली गर्ने परम्परा कायमै रहेकाले किम्बदन्तीमा विश्वास गर्ने आधारहरू छन् ।

राजा युधिष्ठिरको पालामा पनि होली महोत्सव मनाउने गरिन्थ्यो । भविष्य पुराणको कथानक अनुसार ढुण्डा नामकी राक्षसनीले केटाकेटीहरूमाथि उपद्रव गर्न थाली । उसको प्रतिरोधमा हातमा मसाल लिएर ठूलो जनसमूहले अग्नि प्रज्ज्वलित गर्दा ढुण्डा राक्षसनी डराएर केटाकेटी अपहरण गर्न बन्द गरी । यसबाट सबैलाई शान्ति मिल्यो ।

फागू महोत्वसमा अग्नि दहन गर्दा वरिपरिको वातावरण स्वच्छ र पवित्र हुने, रोग निरोधक शक्ति वृद्धि हुने, रोगका कीटाणुहरू र फोहोर नाश हुने, शरीर निरोगी हुने विश्वास गरिन्छ ।

नेपालमा होली पर्वको थालनी मल्ल राजाहरूबाट भएको हुन सक्ने कुरा हनुमान ढोकामा चीर ठडयाउने कार्यारम्भले संकेत गर्छ । फागुको राग गाउने परम्परा पनि मल्लकालीन इतिहासवाट आरम्भ भएको देखिन्छ ।

एउटा किम्बदन्तीअनुसार भोट गएका एक व्यापारी आफ्नो बस्ती काठमाडौँको ठहिटी टोलमा फर्कन सकेको खुशीयालीमा काठमाडौँ शहरमा अवीरजात्रा गर्ने परम्परा शुरू भएको भन्नेहरू पनि छन् ।

काठमाडौँको ठबलि महाविहारबाट ‘चक्रद्य’ जात्रा सुरु हुने परम्परा भएकाले उपरोक्त कुराको थप पुष्टि हुन जान्छ ।

काठमाडौँवासीले होलीलाई ‘चक्रद्य’ पनि भन्ने गरेका छन् । त्यसैले यो जात्रा होलीकै सम्झनामा शुरू भएको हुन सक्ने कुरा संस्कृतिविद्हरू बताउँछन् । भगवान मत्स्येन्द्रनाथको पुकार गर्दै ‘सार्थबाहु’ नामक व्यापारी ठूलो कष्टका साथ भोटबाट फर्कन सकेको संस्मरणस्वरूप पनि काठमाडौँवासीले यो जात्रा सुरु गरेको भन्ने किम्बदन्ती छ ।

यसरी मन, मस्तिष्क र समग्र समाजको प्रदूषण हटाई नवीन चेतना, उत्साह र नयाँ कार्यमा प्रेरणा दिने फागु पर्वले हाम्रा घर आँगनीमा सामाजिक एकता र सद्भाव कायम गर्न सकोस् । सबैलाई फागुको शुभकामना !

आफ्नो भदा प्रह्लादलाई काखमा रोर जलाउन खोज्दा होलिका आफैँ डढेको खुसियालीमा होलिका दहन उत्सव मनाउने गरिएको हो । सत्ययुगमै आरम्भ भएको फागु उत्सवले आफ्नो अधिकार दुरुपयोग गर्नेको हालत होलिकाकै जस्तो हुन्छ चन्ने चेतावनी दिन्छ ।

हिरण्यकशिपुको वितण्डा समाप्त पार्न सत्य, शान्त र भक्तिभावले ओतप्रोत रहेका प्रह्लादलाई बचाउन जगदीश्वर श्रीविष्णुको आज्ञाले हिरण्यकशिपुकी बहिनी होलिकाको अन्त्य गरेको पौराणिक प्रसङ्ग छ ।

फागुका अनेक गीत गाउँदै, नृत्य गर्दै र खासगरी व्यङ्ग्य गीत गाउँदै बडो हर्षोल्लासका साथ मनाइने पर्व फागु विजय उत्सवको नमूना हो । काठमाडौँमा चक्रद्य मूर्ति दीपाङ्करको आकारमा बनाई खुशीयाली गर्ने परम्परा कायमै रहेकाले किम्बदन्तीमा विश्वास गर्ने आधारहरू छन् ।

व्यापारी सार्थवाहुलाई बाटामा अनेकौँ झन्झट आइलागे पनि मत्स्येन्द्रनाथको कृपाले उनी घर फर्कन सकेका थिए । उनको टोलीमा रहेका कतिपय साथीहरू राक्षसको आहार बनेका पनि थिए रे !

फागु उत्सवमा आगोमा भुटेको अन्न बढी पौष्टिक मानिन्छ । यसले शरीर निरोगी र फुर्तिलो बनाउँछ भनिन्छ ।

यसरी मन, मस्तिष्क र समग्र समाजको प्रदूषण हटाई नवीन चेतना, उत्साह र नयाँ कार्यमा प्रेरणा दिने फागु पर्वले हाम्रा घर आँगनीमा सामाजिक एकता र सद्भाव कायम गर्न सकोस् । सबैलाई फागुको शुभकामना !

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : ३४ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै