संसदमा सांसद खरिद बिक्री हुने सम्भावना बढ्यो: प्रदीप ज्ञवाली | Khabarhub Khabarhub

संसदमा सांसद खरिद बिक्री हुने सम्भावना बढ्यो: प्रदीप ज्ञवाली


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुने आशंका व्यक्त गरेका छन् ।

ज्ञवालीले शनिवार नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै यस्तो धारणा राखेका हुन् ।

दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको उनले बताए ।

साथै उनले आफूहरू संविधानको सर्वोच्चता भन्ने शक्तिहरु भएको र विधिको शासनमा विश्वास गर्ने शक्तिहरु भएको पनि बताए ।

‘हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं, न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ, हामी त्यसलाई कार्यान्वयन गर्छौं,’ ज्ञवालीले भने ।

उनले कतै फेरि संसद् सांसदहरूको खरिद बिक्रीको थलो बन्ने त होइन? भन्दै प्रश्न गरे ।

उनले सांसद् फेरि दलहरूको नीतिहीन गठबन्धनको थलो बन्ने भन्दै शंका व्यक्त गरे । मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए ।

साथै उनले सरकारले तीन वर्षमा गरेको उपलब्धीका कारण नेपाल अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति भएको दाबी समेत गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : १० बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार