क्यान्सर पीडितलाई रु १८ लाख उपचार खर्च | Khabarhub Khabarhub

क्यान्सर पीडितलाई रु १८ लाख उपचार खर्च


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– अर्बुदरोग (क्यान्सर) बाट पीडित बागलुङको गलकोट नगरपालिका–४ की ४७ वर्षीय दुर्गा सुवेदीलाई विभिन्न सङ्घसंस्थाले रु २० लाख उपचार खर्च सहयोग गरेका छन् ।

प्रवासमा गठन भएका विभिन्न सङ्घ संस्थाले सुवेदी बचाऊ अभियान सञ्चालन गरेर सङ्कलन भएको रकम हस्तान्तरण गरेका हुन् ।

प्रवासमा रहेका नागरिकको सामाजिक संस्था गलकोट समाज जापान, गलकोट स्पोर्टस् क्लब जापान, गलकोट समाज क्षेत्रीय समिति कान्तो जापान, खरुवा समाज जापान, गलकोट नुवाकोट समाज जापान बागलुङ समाज जापानलगायत संस्थाले अभियानमा ऐक्यबद्धता जनाउदैँ सुवेदीको उपचारमा सहयोग गरेको निलुवा समाज चमुवा जापानका अध्यक्ष थमबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रवासमा रहेका नागरिक तथा स्वदेशका विभिन्न्न ठाँउका नागरिकको सहयोगबाट करिब रु १८ लाख ४० हजार ८०१ सङ्कलन भएको अध्यक्ष क्षेत्रीले बताए ।

उक्त रकम गलकोट नगरपालिका–४ मा अवस्थित निलुवा पर्यटकीय क्षेत्र प्रर्वद्धन समितिमार्फत हस्तान्तरण गर्ने तयारी गरी सहयोग रकम पठाएलगत्तै शुक्रबार क्यान्सरपीडित दुर्गा सुवेदीलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : २० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल