लिफ्टबाट पानी वितरण गरिने | Khabarhub Khabarhub

लिफ्टबाट पानी वितरण गरिने


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकवासीलाई लिफ्ट खानेपानी आयोजनाबाट पानी वितरण गरिने भएको छ ।

साँगाचोकमा सञ्चालित आयोजनाको पानी आगामी वैशाखदेखि उपभोक्तालाई उपलब्ध गराउने गरी काम भइरहेको जनाइएको छ ।

कूल रु १८ करोड लागतमा निर्माण भइरहेको आयोजनाबाट गत असारमा सम्पन्न गर्ने गरी दुई वर्षको अवधि तोकी ठेक्का सम्झौता भए पनि कोभिड–१९ महामारीका कारण १० महिनापछि सरेको हो ।

वैशाखमा उपभोक्ताको घरघरमा पानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले बताए ।

उक्त आयोजनाबाट चौतारा साँगाचोकगढी नगरपालिका–१०, ११ र १२ का कूल दुई हजार २२२ घरपरिवारले निजी धारा जडान गरी स्वच्छ पानी उपभोग गर्न पाउनेछन् ।

विसं २०७२ को भूकम्पले साविकको मुहान सुकेपछि खानेपानीको चरम अभाव भोगिरहेका स्थगानीयवासीले गाउँभन्दा तल पर्ने जादेखोला टुनीबोट मुहानबाट पानी ल्याउने योजना शुरु गरिएको थियो ।

मुहानको पानीलाई एकैपटक माथि तान्न सम्भव नभएपछि बीचमा इन्टेक बनाई चार तहबाट पानी तानेर त्यहाँदेखि एक किलोमिटरको विद्युत् शक्तिबाट प्रतिसेकेण्ड १० लिटर पानी सङ्कलन गरिनेछ ।

त्यसरी सङ्कलित पानीलाई शुद्धीकरणका लागि प्रशोधन केन्द्रमार्फत ५० देखि दुई लाख लिटर क्षमताका १४ वटा ट्याङ्कीद्वारा वितरण गरिने छ । पानी तान्नका लागि ५० र १०० केभीएको चार ट्रान्सफर्मर जडान गरिएको छ ।

उक्त आयोजनाका लागि मूल्य अभिवृद्धिकर (भ्याट) बाहेक रु १५ करोड ६८ लाखमा विसं २०७५ असारमा सगरमाथा कन्स्ट्रक्शन कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

पटक–पटक गरी १५ प्रतिशत भेरिएशन अडरबाट झण्डै रु साढे दुई करोड थप भई कूल लागत रु १८ करोड पुग्न गएको अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : ४५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको