हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु | Khabarhub Khabarhub

हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्ट ओ प्रिन्स– हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ ।

मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४०० कैदी रहेका थिए ।

“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने ।

राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको पनि उनले बताए । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए ।

झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन् । उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उनको भनाइ छ ।

मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन् । उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरुले जनाएका छन् ।

सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरुले पनि स्वीकार गरेका छन् । हाइटीमा जेल तोडफोड भएका र कैदीहरु भागे तथाउनीहरुको मृत्यु भएका घटना बेला बेलामाहुने गरेका छन् ।

–एएफपी

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ३४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर