कतारमा एक दशकमा १ हजार ६४१ नेपालीको मृत्यु | Khabarhub Khabarhub

कतारमा एक दशकमा १ हजार ६४१ नेपालीको मृत्यु



दोहा- रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मानिएको कतारमा पछिल्लो एक दशकमा १ हजार  ६४१ नेपाली श्रमिकको मृत्यु भएको छ ।

विभिन्न समयमा रोजगारीका लागि कतार पुगेका नेपाली श्रमिकहरूमध्ये पछिल्लो दश वर्षमा १ हजार ६ सय ४१ जनाको ज्यान गएको बेलायती सञ्चार माध्यम ‘द गार्जियन’ले जनाएको छ ।

कतारले २०२२ मा आयोजना गर्न लागेको विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला निर्माणको काम थालिए यता मृत्यु हुने आप्रवासी श्रमिकको संख्या बढेको गार्जियनले जनाएको छ ।

सन् २०११ देखि २०२० को बीचमा ६ हजार ५ सय भन्दा बढी आप्रवासी श्रमिकको मृत्यु भैसकेको उक्त पत्रिकाले जनाएको छ ।

हरेक हप्ता कतारमा १२ जना आप्रवासी श्रमिकको मृत्यु हुने गरेको पनि समाचारमा जनाएको छ । मृत्यु हुने आप्रवासी श्रमिकहरुमध्ये सबैभन्दा बढी भारतका छन् ।

उक्त अवधिमा २ हजार ७११ भारतीय नागरिकको पनि मृत्यु भएको छ । यसैगरी बंगलादेशका १ हजार १८ जना, पाकिस्तानका ८२४ र श्रीलङ्काका ५५७ श्रमिकको पनि मृत्यु भएको जनाएको छ ।

मृत्यु हुने नेपालीमध्ये ४८ प्रतिशत प्राकृतिक मृत्यु भएको, १६ प्रतिशतको सडकमा दुर्घटना,१० प्रतिशतको काम गर्ने ठाउँमा दुर्घटनामा र ९ प्रतिशतको रोग, रक्तस्राव, मृगौला फेल भएको करण मृत्यु भएको छ ।

यस्तै १० प्रतिशतको सुसाइड, १ प्रतिशतको हत्या भएका करण मृत्यु भएको छ भने बाँकी ७ प्रतिशतको मृत्युको कारण पत्ता लाग्न नसकेको जनाएको छ ।

कतारले पछिल्लो एक दशकदेखि अर्को वर्ष कतारमा विश्वकप फुटवल प्रतियोगितालाई लक्षित गर्दै रंगशालाहरु, सडक, सार्वजनिक यातायातको निर्माण गरिरहेको छ । कतारमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक निर्माण क्षेत्रमा कार्यरत रहेका छन्।

कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत रहेको तथ्यांङ्क कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : ४० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने