भ्रष्टाचार आरोपमा किर्गिजस्तानका पूर्वप्रधानमन्त्री पक्राउ | Khabarhub Khabarhub

भ्रष्टाचार आरोपमा किर्गिजस्तानका पूर्वप्रधानमन्त्री पक्राउ


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्केक- किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई प्रहरीले पक्राउ गरेको छ।

भ्रष्टाचार सम्बन्धी अभियोगमा छानबिनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले भ्रष्टाचार गरेका केही प्रमाण भेटिएका र अनुसन्धानको सिलसिला चलिरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बेला अब्यल्गाजीभले कानून उलंल्घन गरेको, स्रोत र शक्तिको दुरुपयोग गरेको, राज्यलाई नोक्सान पारेको लगायत आरोप उनलाई लगाइएको छ।

खनिज स्रोत उपयोग र परिचालनसम्बन्धी निर्णयमा उनले अनियमितता गरेको भन्दै उनीसहित सरोकारवालालाई पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।

पूर्वप्रधानमन्त्री अब्यल्गाजीभको वैधानिक रुपमा देखिने आम्दानीभन्दा कैयौँ गुणा धेरै आम्दानी देखिएकाले पनि शंका गर्ने आधार बढेको प्रहरी अधिकारीहरुले बताएका छन्।

देशभरि नै उनको धेरै सम्पत्ति भेटिएको र त्यसको आम्दानीको स्रोत र आधार विश्वासिलो नभएको पाइएको छ।

उनी किर्गिजस्तानको प्रधानमन्त्रीको रुपमा सन् २०१८ को अप्रिल २० तारिखका दिन नियुक्त भएका थिए। उनले झण्डै दुई वर्षपछि अर्थात् गत सन् २०२० को जुन १५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : ४० बजे

आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको

एभरेष्ट बैंकको कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन 

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले मंगलबार मायादेवी गाउँपालिका-१ पकडी कपिलवस्तुमा तौलिहवा

गर्मी बढेसँगै रगतको अभाव

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।