कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग | Khabarhub Khabarhub

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।

छविसपाथिभेरा—३ स्थित वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मङगलबार साँझ उनलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज पार्टीका तर्फबाट विज्ञप्ति जारी गरी उक्त घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न आक्रमणकारीको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न माग गरिएको छ ।

सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय भएको उल्लेख गर्दै कांग्रेसले पछिल्लो समय नेकपाका कार्यकर्ताहरुबाट पार्टीका नेता/कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका जनाएको छ ।

नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौती दिन थालेका भन्दै कांग्रेसले भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्‍याउन र जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत नेकपालाई आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : २६ बजे

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।