प्रिमियर लिगमा आर्सनलको सहज जित | Khabarhub Khabarhub

प्रिमियर लिगमा आर्सनलको सहज जित


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३-१ गोलले पराजित गरेको हो ।

साउथह्याम्पटनको मैदानमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै आर्सनलले पुनरागमन जित निकालेको हो ।

खेलको तेस्रो मिनेटमा स्टुवार्ट आर्म्सट्रोङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको आठौं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ३९औँ मिनेटमा बुकायो साकाले गोल गर्दा आर्सनल २-१ ले अघि रह्यो । त्यसपछि खेलको ७२औँ मिनेटमा एलेक्सजेन्डर लाकाजेटले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए ।

जितसंगै आर्सनलले २० खेलमा ३० अंक जोडेको छ । आर्सनल आठौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ७ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र