सोनुको नाममा एम्बुलेन्स सेवा | Khabarhub Khabarhub

सोनुको नाममा एम्बुलेन्स सेवा


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हैदराबाद(एजेन्सी)– हैदराबादमा बलिउड अभिनेता सोनु सुदको नाममा एक निःशुल्क सेवा सुरू भएको छ । यहाँका बिरामीका लागि एम्बुलेन्स सेवा सुरू भएको हो ।

यो सेवाको शुभारम्भ गर्न सोनु आफैं पुगेका थिए । यो समाचारलाई सोनु आफैँले सामाजिक सन्जालमा शेयर गरेका थिए । उनले आफू कुनै पनि राजनीतिक पार्टीमा नजोडिएको प्रमाण पेश गर्नका लागि सामाजिक काममा सक्रियता देखाएको उल्लेख गरेका छन् ।

उनले लकडाउनदेखि हालसम्म आफूले जति समाजसेवा गरे पनि त्यसको पछाडि कुनै राजनीतिक कारण नरहेको बताएका छन् । ‘यदि म राजनीतिमा जोडिएँ भने मानिसहरुले मलाई सय प्रश्न सोध्छन् । त्यहीकारण मेरो निर्णय यो थियो कि म मानिससँग जोडिन र उनीहरुको मद्दत गर्न चाहन्थें । यो सबै कुनै जाति या धर्मलाई लिएर थिएन, म समाजको हरेक वर्गसँग पुग्न चाहन्छु’, उनले भनेका छन् ।

उनले आफूले २० वर्षमा सय बढी फिल्ममा काम गरे पनि जसले आफूलाई चाहेको हो, त्यसमाझ पुग्न नसकेको खुलाए ।
‘मलाई लाग्छ कि म यो रियल लाइफ हिरोइज्मलाई सुखद रुपमा मनाइरहेको छु । यो एक फिल्म होइन, तर भगवान यसका निर्देशक अवश्य नै हुन्’, उनले भनेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : ४५ बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी