आयल निगमको ट्यांकरबाट २१८ किलो गाँजा बरामद | Khabarhub Khabarhub

आयल निगमको ट्यांकरबाट २१८ किलो गाँजा बरामद


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँबाट डिजेल लिन भारत हिँडेको ट्याङ्करबाट प्रहरीले २१८ किलो गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार बाराको जितपुर–सिमरा उपमहानगरपालिका-१ बाट ना४ख २९७९ नम्बरको ट्यांकरबाट गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र शाहीका अनुसार प्रहरीले बुधबार दिउँसो १ बजे पथलैयाको एक ग्यारेजबाट ट्यांकरसहित चालक र सहचालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ट्यांकरका चालक महोत्तरी बर्दिवास नगरपालिका–८ का ३३ वर्षीय घनश्याम गिरी र सह-चालक चितवन खैरहनी नगरपालिका–२ का राजकुमार दवाडी छन् ।

एसपी शाहीका अनुसार ट्यांकर पथलैया चोकमा रहेको एउटा ग्यारेजमा रोकेर राखिएको थियो । सोही क्रममा प्लाष्टिकको पोकामा राखिएको गाँजा बरामद भएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १२ : २२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र