रक्तचन्दन तेलको अवैध कारोबार | Khabarhub Khabarhub

रक्तचन्दन तेलको अवैध कारोबार


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका ४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका १ घर भएका नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाडौँ टोखा नगरपालिका ४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका ४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा, काठमाडौँ महाराजगंज बस्ने खोटाङ हलेसी नगरपालिका ६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, काठमाडौँ महानगरपालिका ८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौँ चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका ९ घर भएका २० वर्षीय जीवन थापा, काठमाडौँ सामाखुसी बस्ने तनँहु भानू नगरपालिका ६ घर भएका २५ वर्षीय सुदिप थडराई, काठमाडौँ महानगरपालिका १३ छाउनी घर भएका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।

काठमाडौँ महानगरपालिका ८ तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर ५ लाख रुपैयाँको दरले अबैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तेल सहित पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ५ : ४५ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)