एमाले महाधिवेशन : महन्थले दिए ओलीलाई धन्यवाद  | Khabarhub Khabarhub

एमाले महाधिवेशन : महन्थले दिए ओलीलाई धन्यवाद 


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग पूरा गर्ने प्रयास गरेकोमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिएका छन् ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तराई मधेस र मधेसी जनताको माग पूरा गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रयास गरेको भन्दै उनलाई धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उनले अब मधेस र मधेसी जनताको माग पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आएको स्मरण गराउँदै पूरा हुनेमा आफू आशावादी रहेको बताए ।

अहिले पनि आफ्ना नेता कार्यकर्ता जेलमा रहेका र केहीले मुद्दा खेपिरहेको भन्दै उनले संविधान संशोधन गरेर आफूहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले एमाले महाधिवेशनको सफलताको शुभकामना दिए । साथै आगामी नेतृत्वका लागि बधाई पनि दिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : ४० बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको