यमनमा ८५ विद्रोही मारिएको गठबन्धनको दाबी | Khabarhub Khabarhub

यमनमा ८५ विद्रोही मारिएको गठबन्धनको दाबी


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना– यमनमा राष्ट्रसंघद्वारा मान्यता पाएको सरकारको सहयोगमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार रणनीतिक सहर मारिब नजिकै हवाई हमला गर्दा कम्तीमा ८५ हुथी विद्रोहीको ज्यान गएको बताइएको छ ।

साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार गठबन्धनले विगत २४ घण्टामा मारिबको दक्षिणी भागमा अल–जाबा र ुहरबाट ३० किलोमिटर उत्तरपश्चिममा अल–कासरामा गरेको हवाई आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका ‘नौ वटा सैनिक गाडीहरू ध्वस्त भएका र ८५ विद्रोहीहरू मारिएका छन् ।

इरान समर्थित यमनी हुथीहरूले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । यमनमा अरब स्प्रिङको विद्रोहपछि यमनमा स्थिरता ल्याउने अनुमान गरिएको राजनीतिक परिवर्तनको असफलतामा यस द्वन्द्वको जरा रहेको छ ।

यमनमा लामो समयदेखि सत्तामा रहेका तत्कालीन राष्ट्रपति अली अब्दुल्ला सालेहलाई सन् २०११ मा आन्दोलनका बलमा अब्द्रब्बु मनसुर हाडीलाई सत्ता सुम्पन बाध्य पारिए पनि त्यहाँको शान्ति प्रक्रियाले पूर्णता पाउन सकेको छैन । पछिल्लो समय यमनी पूर्व राष्ट्रपति सालेहलाई हटाउनु गलत भएको भन्ने स्वरहरू पनि बलियो बन्न थालेका छन् । एएफपी

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ८ : १५ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली