कोराना उत्पत्तीबारे अमेरिकी ल्याबमा छानविन गर्न डब्लुएचओलाई चीनको पत्र | Khabarhub Khabarhub

कोराना उत्पत्तीबारे अमेरिकी ल्याबमा छानविन गर्न डब्लुएचओलाई चीनको पत्र


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१९को अन्त्यमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको उत्पत्तीबारे खोजी भइरहेको छ ।

अमेरिकी सरकारले निरन्तर चीनको वुहानस्थित रहेको ल्याबबाट कोरोना भाइरस फैलिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको टोलीलाई वुहानको ल्याबमा छानविन गर्न पठाइरहेको छ । तर, उत्पत्तीबारे भन्ने ल्यहाँबाट फैलिएको विषय अझसम्म पुष्टि हुन सकेको छैन।

यसैबीच चीनले अमेरिकी फोर्ट डेट्रिक ल्याब र क्यारोलिना विश्वबिद्यालयमा समेत छानविन गर्नु पर्ने भन्दै विश्व स्वास्थ्य संगठनका प्रमुखलाई पत्राचार गरेको छ । अमेरिकाका लागि रहेको चीनको राजदुतले २ करोड ५० लाख नागरिको हस्ताक्षरसहित अमेरिकी ल्याब र क्यारोलिना विश्वविद्यालयमा छानविन गर्नुपर्ने भन्दै पत्राचार गरेको हो ।

चीनले पहिलो पटक कुटनितिक माध्यमबाट विश्व स्वास्थ्य संगठनलाई पत्राचार गरेको हो । चीनले कोरोना भाइरसको उत्पत्तीबारे आफूलाई दोष लगाइरहेको विषयलाई निरन्तर खण्डन गरिरहेको छ ।

विश्वभर अमेरिकी सैनिक करिब २ सयभन्दा बढी ल्याबहरु रहेको छ भने उक्त ल्याबको एजेन्डा के हो? भन्ने विषयमा चिनियाँ विश्लेषकहरु आलोचना गरिरहेको छ । डब्लुएचओले निश्पक्ष छानविन गर्छ भन्ने चीनको विश्वास छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ८ : ३३ बजे

तेस्रो लगानी सम्मेलनको उद्घाटन

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने