जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषद्को निर्णय | Khabarhub Khabarhub

जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषद्को निर्णय


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ सहयोग दिने भएको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गत साउन १५ गते बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ । तुनइनमा झुण्डियर महाकाली नदी पार गर्न लागेको धामी एसएसबीले डोरी काटिदिएपछि नदीमा बेपत्ता भएका थिए । त्यसपछि सरकारले सो घटनाका विषयमा छानबिन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समितिसमेत बनाएको छ । सो समितिले प्रतिवेदन तयार गरिरहेको गृहमन्त्री बालकृष्ण खाँणले विहीबार जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ६ : ०२ बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि