७२ पिन्ट रगत सङ्कलन | Khabarhub Khabarhub

७२ पिन्ट रगत सङ्कलन


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ ।

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको कार्यक्रममा ७२ पिन्ट रगत सङ्कलन गरिएको हो ।

लायन्समा आबद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारीले रक्तदान गरेको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले जानकारी दिए ।

कोरोना कहरले पर्याप्त मात्रामा रक्तदानको कार्यक्रम नहुँदा रगतको अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको उनले बताए ।

“रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान आयोजना गरेका हौँ”, उनले भने ।

नगर प्रमुख किसान गुरुङले कोरोनाका कारण बिरामी अप्ठ्यारामा परेको जनाउँदै बिरामीको जीवन बचाउन लायन्सले उत्कृष्ट काम गरेको उल्लेख गरे ।

सो अवसरमा लायन्सको क्लष्टर १४ का चिफ सन्तोष घिमिरे, रक्तदान संयोजक महेश पौडेल, शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, लायन्सका रिजन चियर पर्सन प्रदीप थापा, जोन चियर पर्सन मिनबहादुर लामिछाने, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले धारणा व्यक्त गरे ।

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले अघिल्लो महिना दुलेगौडावासीले पिउने खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गरेको थियो ।

पछिल्लो समय तनहुँमा रहेका लायन्स क्लबले रगत अभावको समस्या टार्न रक्तदान कार्यक्रम गरिरहेका छन् । रक्तदान कार्यक्रम बढ्न थालेसँगै रगत दान गर्नुपर्छ भन्ने चेतना सर्वसाधारणमा बढ्न थालेको पाइन्छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ९ : ४० बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान