बैंकिङ कसुरमा फरार एक महिला पक्राउ | Khabarhub Khabarhub

बैंकिङ कसुरमा फरार एक महिला पक्राउ


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुरमा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  १३ लाख ७० हजार जरिवाना भएपछि फरार रहेकी तनहुँ व्यास नगरपालिका–९ का ४५ वर्षीया शोभा गुरुङलाई ललितपुरको कुपण्डोलबाट प्रहरीले  पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ७० हजार जरिवाना गरेपछि फरार रहेकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ चैत ३० गतेको फैसलापछि १४ दिन कैद र बिगो बमोजिम रु १३ लाख ७० हजार जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी गुरुङले आफ्नो सानिमा विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।

पक्राउ परेकी गुरुङलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : १९ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको