'प्रदेश सरकारले नागरिकलाई कोरोना विरुद्धको खोपको प्रबन्ध गर्छ' | Khabarhub Khabarhub

‘प्रदेश सरकारले नागरिकलाई कोरोना विरुद्धको खोपको प्रबन्ध गर्छ’


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन् ।

संवाद समूहले आयोजना गरेको ‘कर्णालीमा कोरोनाको अवस्था र तयारी’ विषयक अन्तक्रियामा सबै नागरिकलाई खोपको व्यवस्था प्रदेश सरकारले गर्ने उनले जानकारी दिए ।

औषधि र जनशक्तिको अभावमा नागरिक सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्दै मन्त्री बुढाक्षेत्रीले नागरिकलाई बचाउनु नै सरकारको पहिलो कर्तव्य भएकाले आफूहरूको ध्यान यसतर्फ केन्द्रित भएको र विभिन्न नाकामा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्था पनि गरिसकेको बताए ।

उनले भने, “कोरोना महामारीको तेस्रो भेरियन्टबाट बच्न आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ ।”

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ११ : ०० बजे

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर

म षड्यन्त्रको शिकार भएँ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू

रेशमको मुस्किल बढ्यो, एमालेको १ सिटले कांग्रेसलाई सत्ताको ढोका बन्द

काठमाडौं- उपनिर्वाचनको अघिल्लो नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै