एकदमै स्वस्थ खाना ‘कोदाको खोले डल्ला’ बनाउने सजिलो तरिका | Khabarhub Khabarhub

एकदमै स्वस्थ खाना ‘कोदाको खोले डल्ला’ बनाउने सजिलो तरिका


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (६ जनाको लागि)

कोदाको पिठो— २ किलो

नुन खुर्सानी— स्वाद अनुसार

घिउ ठूलो चम्चा— ४ चम्चा

पानी — २ लिटर (नपुग भएमा थप्न सकिन्छ)

बनाउने विधि

– ३०० ग्राम पिठो छुट्याएर अरू पिठो सुख्खा रोटी बनाउने जस्तै तर नरम बनाई मुछेर बेस्सरी माड्ने र बाटामा राख्ने ।

– बाक्लो प्यान चुल्होमा बसाउने । घिउ तताउने, खुर्सानी पड्काउने ।

-रातो भएपछि पानी राख्ने र ३०० ग्राम पिठो अलि अलि छर्दै जाने । पानी उम्लिदा पिठो पानीमा मिली सकेको हुनुपर्छ ।

-उम्लिएको पानीमा माडेको पिठोको पकौडा झैँ डल्ला पार्दै राख्ने । डल्ला राखिसकेपछि सानो आँचमा १५ मिनेट जति पकाउनु पर्छ ।

-पानी नपुगेमा उमालेर थप्न सकिन्छ । यो पाकेपछि थालमा लिएर कुनै गालेको अचार र टमाटरको अचारसँग डल्ला चोप्दै खाने । ज्यादै चाम्रो र मीठो हुन्छ । चिनीका रोगीलाई धेरै फाइदा हुन्छ ।

यो प्रायः नेपालको पहाडी भेगमा खाइन्छ । यसमा प्रोटिन हुन्छ । सहर बजारतिर यसको सुपमा पारसल्लि, सेलरि पत्ता राखेमा अझ स्वादिष्ट हुन्छ ।

 साभार सजिलो कुकिङपुस्तकबाट

 

 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : २० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर