पुर्पक्षका लागि थुनामा राखिएका चारजना सुधार गृहबाट फरार | Khabarhub Khabarhub

पुर्पक्षका लागि थुनामा राखिएका चारजना सुधार गृहबाट फरार


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरको बाल सुधार गृहबाट चार जना किशोरहरू भागेका छन् । बालबिझ्याँइका मुद्दामा सजायँ पाएका र पुर्पक्षका लागि अदालतले उनीहरुलाई सुधार गृहमा पठाएको थियो ।

शुक्रबार राति सुधार गृहको तीन तल्ला माथिबाट हाम्फालेर उनीहरु भागेको प्रहरीको अनुमान छ ।

बाल सुधार गृहबाट भागेकामध्ये तीन जना जबरजस्ती करणीको मुद्दामा सजाँय पाएका र एक जना हातहतियार खरखजनाको मुद्दामा पुर्पक्षमा रहेका बाल सुधार गृह विराटनगरका इन्चार्ज मिलन चौहानले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दाका किशोरहरू १८, १९ २० वर्षका छन् । उनीहरुलाई क्रमश ७, ५ र १२ वर्ष कैद सजायँ भएको थियो ।

खरखजनाको मुद्दामा पुर्पक्षका लागि राखिएका किशोर १७ वर्षका हुन् । भागेकाहरुको घर झापा, उदयपुर, संखुवासभा र सोलुखुम्बु रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ०५ बजे

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको