इरफानको पथमा छोरा बाबिल | Khabarhub Khabarhub

इरफानको पथमा छोरा बाबिल


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता इरफान खान भारतीय फिल्मको एक दिग्गज कलाकार मानिन्छन् । उनले बलिउडमा कैयौं सम्झनलायक फिल्म दिएका छन् । ‘मकबूल’, ‘हैदर’, ‘हिन्दी मिडियम’ जस्ता कैयौं सुपरहिट फिल्म इरफानका सम्झनलायक फिल्म हुन् ।

यी अभिनेताको क्यान्सर रोगका कारण ५३ वर्षको उमेरमा गत वर्ष निधन भयो । अहिले यिनै अभिनेताका छोरा बाबिलले बलिउडमा पाइला चालेका छन् । उनले अनुष्का शर्माको प्रोडक्सनमा बनेको फिल्म ‘काला’बाट बलिउड यात्रा सुरु गरेपछि उनको अभिनयको तारिफ गरिएको थियो । बाबिल यतिबेला दोस्रो फिल्ममा काम गरिरहेका छन् ।

इरफानसँग काम गरिसकेका सुजित सरकारले अब इरफानका छोरा बाबिललाई आफ्नो फिल्ममा अभिनेताका रुपमा कास्ट गरेका छन् । निर्माता रानी लहरीले सामाजिक सञ्जालमा विभिन्न तस्वीर पोस्ट गरेकी छन् ।

तस्वीरमा रानी, बाबिल र निर्देशक सुजितलाई देख्न सकिन्छ । यो तस्वीर सार्वजनिक गर्दै उनले फिल्मको घोषणा गरिन् । पोस्टमा इरफानलाई सम्झँदै ‘तपाईंको विरासतलाई अगाडि लिएर आउनु सम्मानको कुरा हो’ लेखेकी छन् ।

बाबिलले पोस्टलाई शेयर गर्दै धन्यवाद व्यक्त गरेका छन् । ‘तपाईंहरुजस्तो दिग्गजका साथ काम गर्न पाउदा म आफूलाई सम्मानित महशुस गरिरहेको छु’, बाबिलले लेखेका छन् ।

इरफानले निर्देशक सुजितसँग फिल्म ‘पीकू’मा काम गरेका थिए । यो फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चनको पनि अभिनय थियो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  २ : ५४ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार