प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जानुपर्‍यो– मन्त्री पौडेल | Khabarhub Khabarhub

प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जानुपर्‍यो– मन्त्री पौडेल


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– सरकारका उपप्रधानमन्त्री अर्थ एवम् उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जान बाध्य भएको बताएका छन् ।

कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना बुटवलको कार्यालय उद्घाटन गर्दै उनले प्रनिधिसभाले वैकल्पिक सरकारसमेत दिन नसकेको बताए । नेकपा एमालेका नेता पौडेलले संवैधानिक व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन भएको बताए ।

निर्वाचनका माध्यमबाट राजनीतिक स्थिरता सिर्जना गर्दै विकासको अभियान सञ्चालन गर्न विश्वसनीय विकल्प भएको मन्त्री पौडेलले बताए ।

लोकतन्त्रको प्राण निर्वाचन भएकाले राजनीतिक दल निर्वाचनसँग नडराउन उनले आग्रह गरे । निर्वाचन बाध्यताकारी रुपमा रहेको उनले बताउँदै प्रतिनिधिसभाले बैकल्पिक सरकार दिन नसक्दा निर्वाचनमा देश गएको पौडेलले दोहोर्‍याए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १ : ५४ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट