आज यी नदी आसपासमा छ बाढीको उच्च जोखिम (सूचीसहित) | Khabarhub Khabarhub

आज यी नदी आसपासमा छ बाढीको उच्च जोखिम (सूचीसहित)


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  देशभर वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ ।

जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आज कन्काई, कोशी, कमला, वाग्मती र त्यसका केही सहायक नदी तथा खोलाको आकस्मिक बहाव आउने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार नारायणी‚ कर्णाली‚ महाकाली‚ राप्ती र बबई नदीमा पनि पानीको बहाव सामान्य बढ्ने छ ।

महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा प्रदेश १ का इलाम‚ झापा‚ मोरङ‚ उदयपुर‚ ओखलढुंगा‚ धनकुटा‚ ताप्लेजुङ‚ र संखुवासभा भई बहने नदी तथा खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रदेश २ का बारा‚ धनुषा‚ सिरहा र सप्तरीमा रहेका नदी तथा खोला आसपासका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ ।

यस्तै वाग्मती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ रामेछाप‚ नुवाकोट‚ दोलखा‚ धादिङ‚ चितवन‚ मकवानपुर‚ काठमाडौं र सिन्धुलीका नदी तथा खोलाको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ९ : ४० बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार