फ्लोइडको हत्यामा दोषी ठहर पूर्वप्रहरी चोभनलाई साढे २२ वर्ष जेल | Khabarhub Khabarhub

फ्लोइडको हत्यामा दोषी ठहर पूर्वप्रहरी चोभनलाई साढे २२ वर्ष जेल


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीको ज्यादतीमा मारिएका अश्वेत अमेरिकी जर्ज फ्लोइडको हत्यामा दोषी ठहर पूर्वप्रहरीलाई  साढे २२ वर्ष जेल सजाय भएको छ ।

न्यायाधीशले शुक्रबार पूर्वप्रहरी अधिकारी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय सुनाएका हुन् ।

१४ दिनको सुनुवाईमा ४५ जना साक्षीको बयान तथा पक्ष विपक्षका वकिलको बहसपछि उनलाई दोषी ठहर गरिएको हो ।

चोभनलाई जीवनकाल भर बन्दुक लिन नपाउने फैसला पनि अदालतले गरेको छ । फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ मिनेटसम्म घाँटी थिच्दा ४६ वर्षीय फ्लोइडको मृत्यु भएको थियो । लगत्तै अमेरिकासहित विश्वका विभिन्न भागमा रंगभेदविरोधी प्रदर्शन चर्किएका थिए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ४० बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा