आप्रवासीबारे समान धारणा तय गर्न युरोपेली देशलाई राष्ट्रसंघ महासचिव गुटरेसको आग्रह | Khabarhub Khabarhub

आप्रवासीबारे समान धारणा तय गर्न युरोपेली देशलाई राष्ट्रसंघ महासचिव गुटरेसको आग्रह


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीका बारेमा समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रसंघका महासचिव गुटर्रेसले युरोपेली संसदको एक अधिवेशनलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनले आप्रवासीका समस्याहरुका बारेमा पनि युरोपेली देशका प्राय सबै सदस्य राष्ट्रहरुले समाधान धारणा बनाउन र ती समस्याको समाधानका लागि संयुक्त रुपमा लाग्न सो आग्रह गरेका हुन् ।

सम्बोधनका क्रममा उनले भनेका छन्- मलाई लाग्दछ कि आगामी दिनमा युरोपका राष्ट्रहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र यहाँका यस क्षेत्रका समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्दछ ।

आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भएकाले आवश्यक नीति निर्माण गरेर अघि बढ्न उनले आग्रह गरेका हुन् ।

आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेश गरेको महासचिव गुटर्रेसले त्यस अवसरमा भनेका थिए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ४० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र