नेपाल-खनाल समूहमै उभिए भट्टराई र विष्ट | Khabarhub Khabarhub

नेपाल-खनाल समूहमै उभिए भट्टराई र विष्ट


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र गोकर्ण विष्टले फेरि प्रधानमन्त्री ओलीविरुद्धको मोर्चालाई साथ दिएका छन् ।

ओलीको ‘स्वेच्छाचारी’ कदमविरुद्ध एकजुट हुन आग्रह गर्दै माधवकुमार नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले जारी गरेको संयुक्त वक्तव्यमा उनीहरुले पनि समर्थन जनाएका हुन् । उक्त वक्तव्यमा यी दुवै नेताको नाम समावेश छ ।

गत ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेता भट्टराईले असहमति जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। नेता विष्टले पनि विपक्षी दलको बैठकमा सहभागी भए पनि देउवालाई प्रधानमन्त्री बनाउन संकलित हस्ताक्षर आफूले नदिएको बताएका थिए ।

उक्त प्रस्तावमा हस्ताक्षर नगरेपछि उनी ओली समूहमा गएको अड्कलबाजी गरिएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ९ : २२ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।