संसद विघटन नेपालको आन्तरिक मामिलाः भारत | Khabarhub Khabarhub

संसद विघटन नेपालको आन्तरिक मामिलाः भारत


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालमा बिकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएको भन्दै उक्त घटनाक्रम नेपालको आन्तरिक मामिला भएकाले उसले आफ्नो घरेलु ढाँचा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्ने भारतको भनाइ रहेको बताएका छन् ।

बाग्चीले भारत एक असर छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र बिकासमा गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेबी भण्डारीले जेठ ७ मा मध्यराति संसद बिघठन गरेपछिको राजनीतिक घटनाक्रममा भारतको औपचारीक प्रतिक्रिया आएको हो । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा यसै साताबाट सुनुवाइ हुँदैछ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १२ : ४० बजे

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्