सञ्जयको फिल्ममा रणवीर, आलिया र दीपिका | Khabarhub Khabarhub

सञ्जयको फिल्ममा रणवीर, आलिया र दीपिका


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–एक समय थियो, जब रणवीर कपूर अभिनेत्री दीपिका पादुकोणको प्रेममा पागल थिए । तर दुईबीचमा दुरी आएपछि यो जोडी सदाका लागि अलग्गियो ।

हाल दीपिका विवाह गरेर घर बसाइसकेकी छन् । रणवीर भने अभिनेत्री आलिया भट्टसँग डेटमा रमाइरहेका छन् । रणवीर, आलिया र दीपिकाको यो त्रिकोणको बारेमा बलिउडमा चर्चा भइरहन्छ ।

एबीपी लाइभका अनुसार यी तीन कलाकारको लोकप्रियतालाई नजिकबाट नियालिरहेका निर्देशक सञ्जय लीला भन्सालीले उनीहरुलाई एकसाथ पर्दामा ल्याउने योजना बनाइरहेका छन् ।

उनले बनाउने फिल्म ‘बैजू बावरा’मा दीपिकाले डाकु रुपमती’को भूमिका निभाउने चर्चा भइरहँदा सञ्जयले रणवीर र आलियालाई पनि यो फिल्ममा ल्याउन चाहेका छन् ।

फिल्ममा आलियालाई दोस्रो प्रमुख भूमिकामा अफर गरिएको छ । फिल्ममा पुरुष प्रमुख भूमिकामा रणवीर कपूर हुनेछन् । यद्यपि यी तीन कलाकारले अहिलेसम्म फिल्मका लागि सहमति जनाइसकेका छैनन् ।

रणवीरले दीपिकासँग कैयौंपटक स्क्रिन शेयर गरिसकेका छन् । उनीहरुको जोडीलाई दर्शकले पनि उत्तिकै रुचाएका छन् । आलिया र रणवीर फिल्म ‘ब्रह्मास्त्र’मा पहिलोपटक सँगै देखिँदैछन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ११ : ३५ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई