अमेरिकामा सुनिए बुद्धवीरका गीत | Khabarhub Khabarhub

अमेरिकामा सुनिए बुद्धवीरका गीत


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा ‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ आयोजना गरिएको छ । गीतकार बुद्धवीर लामाको एकल गीतहरु प्रस्तुत भएको कार्यक्रम शनिबार साँझ (नेपाली समय अनुसार आइतबार) पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा आयोजना भएको थियो ।

कार्यक्रममा लामाको रचना रहेको दर्जन बढी गीतहरु विभिन्न कलाकारहरु प्रस्तुत गरेका थिए । जसमा यमु राईले ‘धोखा दियौ तिमीले’ र ‘लाली गुराँस अजम्बरी’, टीका लामिछानेले ‘खोटाङ हलेसी’ र ‘कतिमाया लाग्छ’, मनोज ढकालले ‘बादलुको घुम्टोले’, जितेन्द्र गिरीले ‘सबैकुरा भन्दा नि पैसै ठूलो छ’, निर्मल गुरुङ र रुकु ढुंगानाले ‘आज हाम्रो भेट भाको दिन’, प्रेम गुरुङ्गले ‘चलेछ बतास सुस्तरी’, रुकसमणि ढुंगानाले ‘चोली राम्रो पाल्पाली ढाकाको’लगायतका गति सुनाएका थिए ।

कार्यक्रममा गीतकार लामालाई १७ लाख ९५ हजार २ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा गीतकार धन लोप्चनले लामाको सम्मानमा उनका रचनाहरु वाचन गरेर सुनाएका थिए ।

करिव ३ घण्टा चलेको कार्यक्रममा नेपाली भाषी भुटानी अमेरिकन नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । विदेशमा नेपाली गीतकारको एकल सांगीतिक कार्यक्रम आयोजना भएको र सोही कार्यक्रममा १७ लाख बढी नगद सहित सम्मान पाउने नेपाली कलाकारमा सम्भवत गीतकार लामा पहिलो व्यक्ति हुन् ।

लामाका यसअघि काठमाडौंमा आठ पटक तथा झापामा एक पटक एकल साँझ आयोजना भएको थियो । यस अगाडि कार्यक्रमबाट उठेको रकम खर्च कटाएर बृद्धा आश्रम र बाल अनाथालयलाई प्रदान गर्दै आएका लामाले अमेरिकामा सम्मानबाट पाएको आफ्नो जन्मथलो इलामको बौद्धधाममा पहिलो पटक म्याराथन दौड आयोजना गर्ने बताए ।

‘विदेशमा गीतकारहरुलाई बोलाएर एकल सांगीतिक कार्यक्रमको आयोजना शुरु भएको छ । यो खुसी र गर्भको कुरो हो’ लामाले भने ‘यसले म मात्र होइन, सम्पूर्ण गीतकारलाई समेत हौसला मिलेको छ ।’

करिब ४ दशकदेखि गीत लेखनमा क्रियासिल लामाका सयौं गीतहरु लोकप्रिय छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : ४५ बजे

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव