छाला विशेषज्ञले अभिनेत्रीको अनुहार बिगारिदिएपछि... | Khabarhub Khabarhub

छाला विशेषज्ञले अभिनेत्रीको अनुहार बिगारिदिएपछि…


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– तमिल अभिनेत्री रायजा विल्सनले केही दिन अघि सामाजिक सञ्जालमा एक तस्वीर राखेकी थिइन्, जुन तस्वीरमा उनको आँखा छेउ सुन्निएकाे थियो ।

अमर उजालामा प्रकाशित समाचारअनुसार उनले छाला विशेषज्ञको गलत उपचारका कारण आफ्नो अनुहार बिग्रिएको दाबी गरेकी थिइन् । यही दाबीसँगै उनले विशेषज्ञबाट १ करोड जरिवानाको माग गरेकी छन् ।

‘म एक साधारण फेसियल उपचारका लागि डा. भैरवीको क्लिनिकमा गएको थिएँ । उनले मलाई त्यो प्रक्रियाका लागि बाध्य बनाए, जुन मलाई आवश्यक थिएन । त्यसको नतिजा अहिले देखियो । यति हुँदा हुँदै पनि उनी मसँग भेट्न र कुरा गर्न मानिरहेका छैनन् । उनको स्टाफले उनी शहरभन्दा बाहिर भएको जानकारी दिएका छन्’, उनले तस्वीरसँगै लेखेकी छन् ।

उनको माग प्रति सामाजिक सञ्जालमा समर्थन मिलिरहेको छ । तस्वीरमा उनको अनुहारमा कालो धब्बा बसेको छ । उनको एक आँखा सुन्निएको छ ।

कामको कुरा गर्दा रायजाले सन् २०१७ बाट फिल्मी करियर सुरु गरेकी थिइन् । उनको पहिलो फिल्म ‘भीआइपी–२’ हो । जहाँ उनले एक सानो भूमिका निभाएकी थिइन् ।
उनले ‘बिग बोस तमिल’को पहिलो संस्करणमा सहभागी भइसकेकी छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : ३० बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत