दिउँसै लालटिन बालेर प्रदेश प्रमुख डा. अहिराजले सुरु गरे ‘मधेश मन्थन’ (फोटोफिचर) | Khabarhub Khabarhub

दिउँसै लालटिन बालेर प्रदेश प्रमुख डा. अहिराजले सुरु गरे ‘मधेश मन्थन’ (फोटोफिचर)


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले दिउँसै लालटिन बालेर ‘मधेश मन्थन’ अभियानको सुरुवात गरेका छन् ।

उनले सांकेतिक रूपमा लालटिन बालेर जनकपुरधामका नागरिक समाजका अगुवाहरूसँग भेटघाट गरी ‘मधेश मन्थन’ अभियानको सुरुवात गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा नागरिक समाजका अगुवा तथा बुद्धिजीबीहरूसँग सामूहिक भेटघाटमा प्रमुख अहिराजले समाज र देशलाई सकारात्मक परिवर्तनका लागि विशेष भूमिका निर्वाह गर्न नागरिक समाजलाई आग्रह गरे ।

नागरिक समाजका अगुवाहरूले ‘मधेश मन्थन’ अभियान थालनी भएकोमा खुशी प्रकट गरेका थिए । उनीहरुले मधेशमा यसप्रकारको मन्थन आवश्यक रहेकोमा जोड दिदैँ यसको निरन्तरताका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ११ : ३९ बजे

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी