राष्ट्रिय जनगणना वैशाख २६ गतेबाट शुरू हुने | Khabarhub Khabarhub

राष्ट्रिय जनगणना वैशाख २६ गतेबाट शुरू हुने


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जनगणना आगामी बैशाख २६ गतेबाट शुरू हुने भएको छ । प्रत्येक १०—१० वर्षमा हुँदै आएको गणना यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

पहिलो चरणमा २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोस्रो चरणमा २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ ।

सुपरिवेक्षकहरूबाट प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत् घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेको परिवारका सदस्य संख्या, परिवारको कृषि सम्बन्धी, ऋण, बैंक खाता, सरकारी अनुदान घर निर्माण, व्यवसायिक तालिम सम्बन्धी विवरण संकलन गरिने विभागले जनाएको छ ।

नेपालमा विक्रम संवत १९६८ देखि जनगणना गर्ने काम शुरू भएको हो । विक्रम संवत २०७८ को राष्ट्रिय जनगणना नेपालको १२ औं र विक्रम संवत २०७२ मा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणालीको पहिलो जनगणना हो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ७ : ४६ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन