काठमाडौँ विश्वको वायु प्रदूषित शहरको एक नम्बरमा | Khabarhub Khabarhub

काठमाडौँ विश्वको वायु प्रदूषित शहरको एक नम्बरमा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानी काठमाडौँ विश्वको वायु प्रदूषित शहरको एक नम्बरमा परेको छ ।

वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमले काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । काठमाडौँपछि दोस्रो नम्बरमा चीनकाे राजधानी बेइजिङ परेको छ ।

आईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) १ सय ९४ पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

के कारण भयो काठमाडौँको वायु प्रदूषण ?

दक्षिणी छिमेकी मुलुक भारतबाट उडेर आएको धुलोका कारण उपत्यकाको वायु प्रदूषित भएको हो । सुक्खा धुलो मिश्रित हावाका कारण तुवाँलो बढ्दा वायु प्रदूषित भएको छ ।

यसबाट काठमाडौँबासीले आँखा पोल्ने र घाँटी खसखसाउनेलगायतका समस्या महसुस गरेका छन् ।

भारतको राजस्थान, हरियाणा, पञ्जाबमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखिएको जल तथा मौसम विज्ञान विभागकी मौसमविद सजिना शाक्यले जानकारी दिइन् ।

वायु प्रदूषित हुँदा काठमाडौँको हवाई उडानसमेत प्रभावित भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ०३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर