हाम्रो अथक प्रयासले मेलम्चीको पानी आउने भयो : बिना मगर | Khabarhub Khabarhub

हाम्रो अथक प्रयासले मेलम्चीको पानी आउने भयो : बिना मगर


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आज सुरुङबाट पानी हालिएको छ ।

त्यस अवसरमा पूर्व खानेपानी मन्त्री बिना मगरले आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको अवलोकन गरेकी छन् । प्रशोधन केन्द्र निरीक्षण तथा अवलोकनपछि उनले मेलम्चीको पानी पिउने काठमाडौंबासीको सपना पूरा हुन लागेको भन्दै खुशी व्यक्त गरिन् ।

मगरले फेसबुकमा लेखेकी छन्, ‘आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरियो । मेलम्चीको पानी आज प्रशोधन केन्द्रमा हालिएको छ । अब काठमाडौंको घर-घरमा खानेपानी आउँदैछ ।

उनले आफूहरुको अथक मेहनत र योजनाअनुसार मेलम्ची आयोजनाको कामले तीब्रता पाएको दावीसमेत गरेकी छन् । यद्यपि, उनी खानेपानी मन्त्री हुँदा आयोजनाको काममा ढिलाइ भएको आरोप लागेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ३ : २४ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण