क्रिस्टिनको डायना लुक्स भाइरल | Khabarhub Khabarhub

क्रिस्टिनको डायना लुक्स भाइरल


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड अभिनेत्री क्रिस्टन स्टीवर्ट हालका दिनमा बायोपिक फिल्म ‘स्पेन्सर’को सुटिङमा व्यस्त छिन् । यो फिल्म बेलायती पूर्व राजकुमारी डायनाको जिन्दगीमा आधारित छ ।

अमर उजालामा प्रकाशित समाचार अनुसार फिल्ममा स्टीवार्टले डायनाको भूमिका निभाउदैछिन् । यो फिल्मको सुटिङ सेटबाट स्टीवार्टको एक तस्वीर बाहिर आएको छ । जसमा उनी प्रिन्सेस डायना जस्तै देखिएकी छन् ।

भाइरल भएको तस्वीरमा क्रिस्टनले त्यस्तै कोट लगाएकी छन्, जुन कोट डायना लगाउने गर्दथिइन् । यसबाहेक उनको छोटो कपाल र निलो आँखाले धेरैलाई डायनाको झल्को दिएको छ ।

वास्तविक जीवनमा डायनाको छोटो कपाल र निलो आँखावाला लुक्स निकै चर्चामा आएको थियो । त्यहीकारण पनि क्रिस्टनलाई डायनाकै लुक्समा देखेपछि मानिसहरु चकित बनेका छन् ।

‘म भलै डायनासँग हुर्किएकी होइन । तर म उनलाई जहिल्यै मनपराउथें । त्यहीकारण म उनको बायोपिकमा काम गर्न उत्सुक भएँ । डायनाको निधन हुँदा म निकै सानी थिएँ । मलाई अझै पनि याद छ कि उनको निधनपछि उनको फोटोमा धेरै फूल राखिएको थियो’, उनले भनेकी छन् ।

फिल्ममा ज्याक फारथिङले प्रिन्स चाल्र्सको भूमिका निभाउदैछन् । चाल्र्स डायनाका पति थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ३० बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी