‘ह्यारी पोर्टर’ अभिनेत्री एमाले छोडिन अभिनय | Khabarhub Khabarhub

‘ह्यारी पोर्टर’ अभिनेत्री एमाले छोडिन अभिनय


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–हलिउडको प्रख्यात फिल्म सिरिजमा ‘ह्यारी पोर्टर’ को नाम सधैं आउने गर्दछ । यो सिरिजको सारा विश्वभरी फ्यान छन् । सिरिजमा हरमायोनी ग्रैञ्जरको भूमिका निभाएर दर्शकमाझ रुचाइएकी अभिनेत्री एमी वाटसनले अभिनय छोड्ने निर्णय लिएकी छन् ।

डेली मेलमा प्रकाशित समाचार अनुसार एमाले अहिले कुनै पनि फिल्ममा साइन गरेकी छैनन् । उनी निस्क्रिय अवस्थामा बसेकी छन् ।

एमाका एजेन्टले एमाले अभिनय छोडेको पुष्टि गरेका छन् । एमा नौ वर्षको उमेरदेखि हलिउडमा सक्रिय छिन् । त्यहीकारण पनि अब मूलधारबाट टाढिन चाहन्छिन् ।

एमाले अभिनयबाट टाढिएर प्रेमी लियो रोबिनसनसँग बाँकी समय बिताउने निर्णय लिएकी छन् । एमा र लियो १८ महिनादेखि सम्बन्धमा छन् । त्यहीकारण एमाले नयाँ कुनै फिल्म र प्रोजेक्ट साइन गरेकी छैनन् ।

‘हेरी पोटर’ सिरिजको पहिलो फिल्मदेखि लिएर हालसम्म एमाले सन् २०१९ मा रिलिज ‘लिटल विमन’सम्म आफ्नो अभिनयका कारण फ्यानमाझ राज गरिसकेकी छन् । तर अभिनय छोड्ने उनको निर्णयले फ्यान दुःखी बनेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  २ : ०० बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल